२४ जेष्ठ २०८२, शुक्रबार
सोलार परियोजना सुरु

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०८२, शुक्रबार ०७:५८

कालीकोट- चङ्खेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र शुभकालिका गाउँपालिकाको संयुक्त लगानीमा एक सय किलोवाटको सोलार मिनी ग्रिड परियोजना निर्माण भएको छ । प्रालिको एक करोड ३० लाख र ऊर्जा प्रवर्धन केन्द्रको दुई करोड ९२ लाख रकम यो परियोजनामा खर्च भएको छ ।

चङ्खेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले जम्मा छ करोड २५ लाख रुपियाँ यो परियोजनामा खर्च भएको बताउनुभयो । यहाँ अन्यले पोल, सकड, पर्खाल, फिल्ड निर्माण गरेर सहयोग गरेका छन् । गाउँपालिकाले फिल्ड निर्माण गरेको आयोजना स्थलसम्म सडक निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

Nabintech