२५ जेष्ठ २०८२, शनिबार
नेपालगन्ज–दिल्ली हवाई उडानका लागि छलफल

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०८२, शुक्रबार २१:३२

नेपालगन्ज– नेपालगन्ज–दिल्ली हवाई उडानका लागि नेपालगन्जमा बृहत् छलफल गरिएको छ। पश्चिम क्षेत्रको पर्यटन विकासका लागि नेपालगन्ज–दिल्ली हवाई उडान गर्नुपर्ने सबैको धारणा रहेको छ।

संघीय संरचना अघि चलायमान रहेको नेपालगन्ज शहर अहिले पछाडि परेको भन्दै नेपालगन्जलगायत यस क्षेत्रको विकासका लागि नेपालगन्ज ९ दिल्ली हवाई उडान गर्नुपर्ने सम्वद्वले बताएका छन्।

नेपालगन्ज उद्योग बाणिज्य संघको अगुवाईमा राजनीतिक दल, व्यवसायी, नागरिक समाजका अगुवाले नेपालगन्ज–दिल्ली हवाई उडानका लागि नेपाल सरकारलाई दबाब दिने तयारी गरेका छन्।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले नेपालगन्ज–दिल्ली हवाई उडान हुन सकेमा मानसरोबरलगायत यस क्षेत्रको पर्यटकीय क्षेत्रमा भारतीयको उपस्थिति बढ्ने र त्यसले यहाँको व्यापार व्यवसायमा टेवा पुग्ने बताए। उनले नेपालगन्ज–दिल्ली उडानका लागि सबै दलले यो र उ नभनी लाग्नु पर्ने बताए।

प्रदेश सांसद कृष्णा केसी र मिना श्रेष्ठ, नेपालगन्जका मेयर प्रशान्त विष्ट, एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, नेपाली काँग्रेसका सचिव सुधांशु कोइराला, माओवादीका नेता प्रेम शाह, होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्कालगायतले नेपालगन्ज–दिल्ली उडानका लागि सबै लाग्नु पर्ने बताए। नेपालगन्ज–दिल्ली उडानका लागि यस अघि नै प्रयास गरेपनि भारतले सुरक्षाको कारण देखाउदै अनुमति दिइरहेको छैन।

Nabintech