कालीकोटको रास्कोट नगरपालिकामा रहेको बडिमालिका माध्यमिक विद्यालय कर्णाली प्रदेशकै उत्कृष्ठ विद्यालय बनेको छ । प्रिन्सीपन एसोसियसन अफ नेपाल ९पि।ए।एन० ले एक समितिमार्फत गरेको मूल्याङ्कनमा कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेको बडिमालिका माध्यमिक विद्यालय कर्णाली प्रदेशकै उत्कृष्टमा परेको हो ।
प्रिन्सिपन एसोसियसन अफ नेपालले आफ्नो वार्षिक उत्सवका बेला प्रत्येक सामुदायिक विद्यालयलाई पुरुस्कृत गर्दै आएको छ । यस वर्ष अर्थात् आजै सम्पन्न भएको वार्षिक उत्सवका लागि कालीकोट रास्कोटको बडिमालिका माध्यमिक विद्यालय पुरुस्कृत भएको छ । यो कर्णाली प्रदेशको हकमा सबैभन्दा उत्सकृष्ट हो ।
सामुदायि विद्यालयले गरेका कामको मूल्याङ्कन गर्न २५ वटा क्षेत्र निधारण गरिएको थियो । प्रिन्सीपन एसोसियसन अफ नेपाले यस वर्षको पुरुस्कार छनोट समितिमा शिक्षा बिद प्राध्यापक डा। विधानाथ कोइरालाको नेतृत्वमा गठित समितिले विद्यालयहरुको मूल्याङ्कन गरेको जनाएको छ । शिक्षा क्षेत्रमा पारेको प्रभावका विषयमा मूल्याङ्क गर्न गठिन समितिको निर्णय अनुसार कर्णाली प्रदेशबाट सबैभन्दा राम्रो गरेको पाइएपछि बडिमालिका माध्यमिक विद्यालयले उत्कृष्टको पुरस्कार पाएको हो ।
विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले आफु र आफ्नो टिमले गरेको दुःखको प्रतिफल प्राप्त भएको बताउनुभयो । दुःख गरिरहेका थियौँ । निकै ठुलो राजनीतिक आग्रह पूर्वाग्रहका विचमा विद्यालय सञ्चालन गर्नु र यसैमा राम्रो नतिजा देखाउन हाम्रो विद्यालय व्यवस्थापन समिति, प्रशासन र सबै स्टाप शिक्षकहरुका लागि चुनौती थियो । तर पनि कसैले हिक्मत नहारेर काम गर्दै जादा आज यो सम्मान पाएको सूचना आउदा निकै उत्साहित भएको बताउनुभयो ।
प्रअ बरालले यो सम्मानले आगामी दिनमा पनि विद्यालयको अझै सुधार गर्ने हौसला मिलेको बताउनुभयो । नगरपालिकाले कहिले शिक्षकको सरुवा त कहिले शिक्षा शाखाको ठाडो निर्देशनमा विभिन्न फरक काम गर्दा पनि बडिमालिका माध्यमिक विद्यालयले आफ्नो शैक्षिक गुणस्तर सुधारका धेरै चरणहरु पार गरेपछि यो सम्मान प्राप्त भएको हो ।