२७ जेष्ठ २०८२, सोमबार
प्रतिनिधिसभा बैठक स्थगित, अब बुधबार बस्ने

  • टाइम्स संवाददाता

  • २७ जेष्ठ २०८२, सोमबार १८:०१

प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।  निरन्तर छलफल चलिरहँदा पनि सत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन ।

Nabintech