कोहलपुर : डिभिजन वन कार्यालय बाँकेको आयोजनामा कोहलपुर र बैजनाथकाका जनप्रतिनिधीहरुसग वन वातावरण र जैविक विविधता संरक्षण र वन क्षेत्र भित्रका नागरिकहरुले भोगेका कठिनाइका बिषयमा छलफल तथा पालिकास्तरीय बैठक सम्पन्न गरेको छ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आर्चायले वन कार्यालय र जनप्रतिनिधी वीच सहकार्य हुनु पर्ने बताएका थिए । वनमा आश्रित भएका नागरिकहरुलाई बैकल्पिक आर्यआजर्न तर्फ जोडनु पर्ने सहभागी कृष्ण रानाले बताएका थिए । पछिल्ले समय मानव वन्यजन्तुको द्धन्द्ध बढदै जाँदा सबै सचेत हुनु पर्ने अबस्था देखिएको हुदा पालिका र वडा कार्यालहरुले पनि सचेतनाका कार्यक्रम गर्नु पर्ने हुदा जनप्रतिनिधीहरु त्यस तर्फ ध्यान दिनु पर्ने बताइएको थियो ।
डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताले वन क्षेत्रको संरक्षणको लागी स्थानीय सरकारले आफ्नो भुमिकालाई सक्रिय बनाउनु पर्ने बताएका थिए । वन ऐनलाई पालिकाले कार्यान्वयन गरेर अगाडी बढेमा वन कार्यालयले प्रबिधिक कुरालाई पुर्णरुपमा सहयोग गर्ने बताएका थिए ।
कोहलपुर र बैजनाथ गाउपालिकाका वडा अध्यक्षहरुले आफुहरुले भोग्दै आएका समस्या र गुनासो पनि कार्यक्रममा राखेका थिए ।
कार्यक्रममा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिकाका जनप्रतिनिधी , सामुदायिक वन उपभोग्ता समितीका प्रतिनिधी , बिश्य वन्यजन्तु संरक्षण पत्रकार मन्चका अध्यक्ष हुमहरी भट्टराई र वन वातावरण संग सरोकार राख्ने सघसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय बाँके सव डिभिजन वन कार्यालय कोहलपुरका कर्मचारीहरुको सहभागीता रहेको थियो भने कार्यक्रम कोहलपुर सव डिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत प्रभात कुमार दाहलले सन्चालन गर्नु भएको थियो ।