कोहलपुर बाँकेको कोहलपुर नगरपालिकाले ३ दिन गर्मी विदा दिएको छ । बुधबार कोहलपुर नगर शिक्षा शाखाले सूचना जारी गर्दै २८ गतेदेखि ३० गतेसम्म सम्पूर्ण विद्यालयहरुमा पठन पाठन बन्द गर्नु भनि परिपत्र गरेको छ । अत्याधिक गर्मी बढेपछि विदा दिएको हो ।
पछिल्लमे समय तराइका जिल्लाहरुमा अत्याधिक गर्मी बढ्दै गएको छ । आज मंगलबार मात्र नेपालगन्जमा अधिकतम तापक्रम ४१ डिग्री र न्यूनतम तापक्रम ३२ डिग्री मापन भएको थियो । यहि गर्मीलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगर पालिका र बैजनाथ गाउँपालिकाले पनि विदा आह्वान गरिसकेका छन ।