कोहलपुर : बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनशक्ति माध्यमिक बिद्यालयका इको क्लबका बिद्यालका बिद्यार्थीहरुलाई खेलकुद सामग्री बितरण गर्दै मावन वन्यजन्तु द्धन्द्ध न्युनिकरणको लागी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
राप्ती सोनारी गाउपालिका वडा नं ८ को वालवपुरमा रहेका जनशक्ति माध्यमिक बिद्यालयका इको क्लबका बिद्याथी ,अभिभावक , मध्यवर्ती क्षेत्र भित्रका उपभोग्ता, मध्यबिन्दु मध्वर्ती क्षेत्रका समितीका अध्यक्ष बिद्यालयका प्र.अ. इको शिक्षक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सरोकारवालाहरुलाई बन्यजन्तुबाट सुरक्षित रहन के कस्ता उपायहरु ऋपनाउनु पर्दछ र मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणको लागी बिद्यायलका बिद्यार्थीहरुको भुमिकालाई सक्रिय वनाउन के गर्न सकिन्छ भन्ने बिषयमा बहृत छलफल तथा अन्र्तक्रिया गरिएको थियो ।
बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले बालापुर क्षेत्रलाई उत्कृष्ठ पर्यटकीय गन्तब्य हो भनेर चिनाउनको लागी निकुन्ज लागीपरेका बताउदै यसको लागी यस क्षेत्रका आम नागरिकहरुको चाँसो र सक्रियता भएमा यहाँ होमस्टे लगायतका पुर्वधारहरुको द््रत गतिमा बिकास गर्न सकिने बताउनु भएको थियो ।
यो क्षेत्र निकुन्जको कोर एरिया भएपनि पछिल्ला सचेतनामुलक गतिबिधीका कारण मानब वन्यजन्तुको वीचको द्धन्द्ध न्युनिकरणको लागी भइरहेका कार्यहरु प्रभाबकारी भएको बताउनु भएको थियो ।
जंगलको परनिरभरतालाई कमी गर्दै अन्य बैकपिल्क आयआर्जनका कार्यक्रममा जोडिदै वन्यजन्तु मैत्री वातावरण सृजना तर्फ एकजुट हुनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा जैविक विविधता संरक्षण , मानव वन्यजन्तु वीचको सहअस्तित्व कायम राख्नको लागी सबै एक हुनुको बिकल्प नरहेका मध्य बिन्दु मध्यवर्ती क्षेत्र उपभोग्ता समितीका अध्यक्ष हर्क बहादुर बिष्टले बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अथिती रहनु भएका रणबम गणका प्रमुख प्रविण थापाले वन्यजन्तुको संरक्षणको लागी मध्यवर्ती क्षेत्रका नागरिकहरुको ठुलो योग्दान रहेको बताउदै मानिसहरुले आफ्ना आनि वानीलाई सुधारदै मानव वन्यजन्तुको द्धन्द्ध न्युनिकरणको लागी आफ्नो भुमिकालाई बिद्यालयस्तरबाट भएका सचेतनामुलका क्रियाकलापले थप टेवा पुग्ने बताउनु भएको थियो ।
जनशक्ति माबि बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन गौतमले इको क्लबका बिद्याथीहरुलाई बाँके राष्ट्रिय निकुन्जले गरेको सहयोगले बिद्यालयको स्वरुप नै परिर्बतन गर्न र सचेतना जगाउन थप हौसला मिलेको बताउनु भएको थियो । वन्यजन्तुको जोखिम कम गर्दै बन्यजन्तु मैत्री क्रियाकलपाको लागी राप्ती सोनारी गाउपालिकाको वडा न८ ले मानव वन्यजन्तु सहअस्तित्वको लागी आगमी बर्ष देखि बिद्यालय केन्द्रित सचेतनामुलका कार्यक्रम गर्ने योजना रहेको वडा सदस्य शुसिला बिकले बताउनु भएको थियो ।
कार्यक्रमलाई दुई चरणमा सन्चालन गरिएको थियो पहिलो चरणमा इको क्लब ,यसको महत्व , मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणमा बिद्यालयको भुमिका निकुन्जले पर्यापर्यटन प्रर्बधनको लागी गतिविधीहरुको बारेमा जानकरी गराईको थियो ।
दोसा्रे चरणमा जैबिक चौतारी कार्यक्रम अन्तर्गत मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न के कस्ता उपायहरु अपनाउनु पर्दछ । स्थानीय सरकारको भुमिकलाई कसरी प्रभावकारी बनाउनु पर्ला मध्यवर्ती क्षेत्रका नागरिकहरुले वन्यजन्तु संरक्षणको लागी खेलेको भुमिका लगायको बिषयमा प्यनाल डिस्कसन गरिएको थियो । प्यानल डिस्कसनको सहजीकरण विश्ष्वन्यजन्तु संरक्षण पत्रकार मन्च नेपालका अध्यक्ष हुमहरी भट्टराईले गर्नु भएको थियो । कार्यक्रम सन्चलन बाँके राष्ट्रिय निकुन्जका सुपुष्प रेग्मीले गर्नु भएको थियो ।