नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसद्लाई जानकारी गराएका हुन् ।