१ असार २०८२, आईतवार
बाँकेमा पत्रकारको निःशुल्क आँखा जाँच

  • टाइम्स संवाददाता

  • १ असार २०८२, आईतवार २०:४८

बाँकेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । गौरव स्मृति तथा बि। योर सेल्फ फाउण्डेशन नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा जिल्लाका १९४ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो ।

नेपालगञ्ज-४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ । औषधि पनि निःशुल्क वितरण गरिएको थियो । चौथो गौरव स्मृति दिवसको अवसरमा आयोजित आँखा जाँचको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले पत्रकारहरुले कम्प्युटर, ल्यापटप, मोबाइलमा काम गरिहनुपर्ने भएकाले आँखाको ख्याल गर्नुपर्ने बताए । गिरीले आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण र संवदेनशिल अंग भएकाले बेला बेलामा आफ्नो आँखाको परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले यस्तो परोपकारी काममा सहकार्य गरेर पत्रकारहरुलाई यो अवसर प्रदान गरेको भन्दै गौरव स्मृति तथा बि। योर सेल्फ फाउण्डेशनलाई धन्यबाद ज्ञापन गरे ।

संस्थाका संरक्षक प्रदिप शाहले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय कार्यहरु गर्दै आएको जानकारी गराउँदै पत्रकारहरुको आँखा जाँच गर्ने वातावरण निर्माण भएकोमा खुसी ब्यक्त गरे । स्वर्गीय गौरब शाहले सञ्चालन गरेको संस्थालाई आफूहरुले निरन्तर अघि बढाएको बताउँदै संरक्षक शाहले परोपकारी भावनाले प्रेरित भएर सामाजिक कामहरु गर्दै आएको उल्लेख गरे ।

दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरेको थियो । अधिकांश पत्रकारहरुमा दुर दृष्टिको समस्या देखिएको कनोजियाले बताए । गौरबको चार बर्ष अघि आजकै दिन निधन भएको थियो । उनको स्मृतिमा आँखा जाँच गरिएको हो । फाउण्डेशनले विगतमा पत्रकारहरुलाई सहयोगसंगै उनीहरुको हकहितका लागि पनि काम गर्दै आएको संस्थाका संरक्षक शाहले बताए ।

Nabintech