१ असार २०८२, आईतवार
कपिलवस्तुमा रोपिए १०८ बिरुवा ।

  • टाइम्स संवाददाता

  • १ असार २०८२, आईतवार २०:५६

कपिलवस्तु  ,
आषाढ  ,श्रीखण्ड वर, पिपल र शमीका १०८ जोर बिरुवा रोपिएका छन । जिल्लाको बाणगङ्गा नपा वडा न ७ खारखानी पार्कमा पौडेल वंश महासंघ लुम्बिनी प्रदेश समिति र कपिलवस्तु जिल्ला समितिको सम्योजनमा @ महासंघको सातौ स्थापना दिवसको अवसर उक्त बिरुवा रोपिएका हुन । केही श्रीखन्डका बिरुवा र बाकी १०० भन्दा बढी वर पिपल र शमीका रोपिएका हुन ।
महासंघका केन्द्रिय अध्यक्ष हरीराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल , बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रमाणी अर्याल उपप्रमुख रिता चौधरी संघका केन्द्रीय सदस्य रामचन्द्र पौडेल ,,वडा अध्यक्ष बिष्णु गिरि , बिष्णु पौडेल र कमल पौडेल हुनुहुन्थ्यो । यसै गरि उद्ध्योग बाणिज्य संघका केन्द्रिय सदस्य उमानाथ पौडेल , बरिस्ठ समाजसेवी तथा अध्येता पोम नारायण पौडेल , प्रदेश समितिका उपाध्यक्ष जयस्वर पौडेल , सचिब भरतमणी पौडेल , सहसचिब नोमेन्द्र पौडेल , सदस्य रामचन्द्र पौडेल , सदस्य फर्शुराम पौडेल , प्रेम पौडेल , रुपन्देही अध्यक्ष झबिन्द्र पौडेल , पाल्पा अध्यक्ष काशिराम पौडेल गुल्मी अध्यक्ष टामलाल पौडेल , दाङ्गका पुर्व अध्यक्ष रामकुमार पौडेल लगायत हुनुहुन्थ्यो ।
बृक्षा रोपण पछि को एक कार्यक्रम बिच आयोजित खुला कार्यक्रममा काशिराम पौडेल फर्शुराम पौडेल बिष्णु पौडेल , रामचन्द्र पौडेल , केन्द्रिय अध्यक्ष हरिराम पौडेल बोल्नु भएको थियो । कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष टेकराज पौडेल, सन्चालन जिल्ला कमिटी कपिलवस्तुला सचिब नारायण पौडेल र स्वागत भाषण बाणगङ्गाका नगर अध्यक्ष तिलकराम पौडेलले गर्नु भएको थियो । स्थापना दिवसको अवसरमा बिरुवा रोप्नुको साथ साथै बाणगङ्गा वडा न ८ चप्परगाउ निवासी दामोदार पौडेलकि छोरी बिना पौडेलको ब्रेन ह्यामेर्ज भएकोले अध्यक्ष टेकराज पौडेलले विभिन्न ब्यक्तिबाट सन्कलन भएको रु २०६००/- रुपैया हस्तान्तरण गर्नु भएको थियो ।

Nabintech