९ असार २०८२, सोमबार
रुसी राष्ट्रपति पुटिनसँग इरानी विदेशमन्त्रीको मस्कोमा के भयो कुरा ?

  • टाइम्स संवाददाता

  • ९ असार २०८२, सोमबार १८:५०

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रेमलिनमा इरानका विदेशमन्त्री अब्बास अराक्चीसँग भेटेका छन्। भेटका क्रममा पुटिनले इरानमाथि भएको अमेरिकी आक्रमणको विरोध गरेका थिए। सरकारी समाचार च्यानलमार्फत राष्ट्रपति पुटिनले भने, ‘इरानविरुद्धको यो आक्रमण पूर्ण रूपमा अकारण र अन्यायपूर्ण छ, जसको कुनै आधार वा वैधता छैन।’

उनले इरानी विदेशमन्त्री मस्को आएकामा प्रसन्नता पनि व्यक्त गरे। उनले भने, ‘म खुसी छु कि तपाईं ९अब्बास अराक्ची० आज मस्कोमा हुनुहुन्छ। यसले हामीलाई यी सबै जटिल मुद्दाहरूमा छलफल गर्न र अहिलेको अवस्था कसरी हल गर्ने भन्नेबारे सँगै सोच्न अवसर दिनेछ।’

भेटका अवसरमा इरानी विदेशमन्त्री अराक्चीले रूस(इरानबीच निकट र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेका थिए। उनले थपे( ‘हाम्रो यो सम्बन्ध अब रणनीतिक साझेदारीमा रूपान्तरण भइसकेको छ।’

Nabintech