काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।