१२ श्रावण २०८२, आईतवार
एनआरएनए जापानको अध्यक्षमा सुभास लामिछाने विजयी

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०८२, आईतवार २१:२१

एनआरएनए जापानको अध्यक्षमा सुभास लामिछाने विजयी
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सुभास लामिछाने विजयी भएका छन्।

एनआरएनए जापानको आज भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई हराउँदै लामिछाने विजयी भएका हुन्।

२०२३-०२५ को कार्यसमितिमा उपाध्यक्ष रहेका लामिछाने २०२५-०२७ को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।

अध्यक्ष निर्वाचित भएसँगै संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

सन् २००७ मा जापान गएका लामिछाने रेस्टुरेन्ट व्यवसायी हुन्।

उम्मेदवारी दिने क्रममा लामिछानेले एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण तथा सञ्चालन, संघको पुनसंरचना, स्मार्ट एनआरएनए लगायतका विषयमा जोड दिएका थिए।

संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कामको सुरूआत गर्ने समेत उनको प्रतिबद्धता छ।

निःशुल्क जापानिज भाषा र जापानी संघसंस्थाबारे जानकारी गराउने, मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका योजना समेत उनले अघि सारेका छन्।जापान आउने विद्यार्थीहरूका लागि अभिमुखीकरण तालिमका लागि समन्वय गर्ने तथा जापानमा रहेका विद्यार्थीका लागि पर्ने विभिन्न समस्याको समाधानमा पहल गर्ने उनको आश्वासन छ

Nabintech