१५ श्रावण २०८२, बुधबार
मनसुनी प्रणाली फेरि कमजोर, देशभर छैन ठूलो पानी पर्ने सम्भावना

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०८२, बुधबार ०७:३६

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।  सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा दिउँसो चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कतै ठूलो पानी पर्ने सम्भावना भने छैन । मनसुनी प्रणाली कमजोर भएपछि ठूलो पानी नपर्ने भएको हो ।  आज राति देशका पहाडी भूभागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

Nabintech