१५ श्रावण २०८२, बुधबार
चित्रका माध्यमबाट मानव बाघ सहअस्तित्व खोज्दै

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०८२, बुधबार ०७:४५

कोहलपुर  : बिश्व बाघ दिवसको अबसर पारेर बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र रहेका बिद्यार्थीहरुले बाघ संरक्षण र मानव बाघ सहअस्तित्व बिषयमा चित्रकला प्रतियोगीताको मध्यमबाट समुदायस्तरमा जनचेतना फैलाउने उदेश्यका साथ चित्रकला प्रतियोगीता सम्पन्न भएको छ ।
बाँके राष्ट्रिय निकुन्जको आयोजना ,जेड एस एल नेपालको समन्वय वातावरण तथा ग्रामीण विकास केन्द्र कोहलपुरको सहकार्यमा बिश्व बाघ दिवसको अबसरमा चित्रकला प्रतियोगीता सम्पन्न गरिएको थियो । सहअस्तित्व र आयआर्जन बाघ संरक्षणको लागी ब्यवहार परिर्बतन भन्ने मुलनाराका साथ बिश्व बाघ दिवस बिभिन्न कार्यक्रम गरेर मनाइएको जेडएस एल नेपालका प्रदीप सेढाइले बताउनु भयो । बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्र रहेका १६ वटा बिद्यालयका बिद्यार्थीहरुले मानव बाघ वीच सहअस्तित्व चित्रका माध्यमबाट समुदायलाई समेत सचेत बनाउने गरि कार्य समेत गरेका थिए ।


कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत मन्दीप पंगेनीले बिद्यार्थीहरुलाई बाघ लगायतका वन्यजन्तुहरुको आनीबानीको बारेमा समेत जानकारी होस भन्ने उदेश्यले चित्रकला प्रतियोगीता आयोजना गरिएको बताउनु भएको थियो ।
बिद्यार्थीहरु मार्फत स्थानीय समुदायलाई चित्रका माध्यमबाट चेतना जगाउन र संरक्षणको भाव फैलाउनको लागी यस्ता रचनात्मक क्रियाकलापले सहयोग पुराउने बिश्वास लिएको छ । लिएको बाँके राष्ट्रिय निकुन्जका पश्चिम सेक्टरका उतम कुमार चौधरीले बताउनु भयो ।


बाँके राष्ट्रिय निकुन्जमा बाघको सख्या बढदै गए सगै मध्यवर्ती क्षेत्र भित्रका नागरिकहरुलाई आयआर्जनमा जोडदै बन्यजन्तु मैत्री बनाउनको लागी बिभिन्न सचेतनाका कामहरु ह्ुदे आएका छन । मध्यवर्ती क्षेत्र भित्र रहेका बिद्यार्थीहरुलाई बाघ लगाय बन्यजन्तुको आनीबानीको बारेमा चित्रकला प्रतियोगीतले सहअस्तित्व कायम गर्न महत्वपुण भुमिक खेल्ने भएकाले यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले कार्यक्रममा बताउनु भएको थियो ।
मध्यवर्ती क्षेत्र भित्र रहेका १६ वटा बिद्यालयका बिद्यार्थीहरुले प्रतियोगीतमा सहभागी भएका थिए । चित्रका माध्यले मानव र वन्यजन्तु वीचको भावलाई झल्काउदै मानिसले ब्यवहार परिर्वतन गर्दै संरक्षणमा सहभागी भएमा द्धन्द्ध न्युनिकरणमा सहजता हुने रारा मध्यमिक बिद्याल बैजनाथकी बिद्यार्थी श्रृती रावलले बताउनु भयो ।

 


कार्यक्रम तराइ भुपरिधी कार्यक्रम तालका कार्यक्रम सं।योजक रामकिशोर यादबले अब संरक्षणको सचेतना बिद्यालयका बिद्यार्थीहरुबाट समुदायस्तर सम्म पुराउनु पर्ने समय आएको हुदा बिद्यालयले पनि यस्ता बिष।यबस्तुलाई स्थानीय पाठ्यक्रममा समेटनु पर्ने धारण राख्नु भएको थियो । कार्यक्रमका अधिकाश बक्ताहरुले बाँके राष्ट्रिय निकुन्ज अब बाघको हवको रुपमा स्थापित भएको हुदा यसलाई आयआर्जन सगं जोडनु पर्ने कुरामा जोड दिएका थिए । मध्यवर्ती क्षेत्र भित्रका नागरिकहरुको संरक्षणमा खेलेको भुमिकाको पनि चर्चा गरिएको थियो
चित्रकाला प्रतियोगीतामा राप्ती सोनारी गाउपालिका १ कुश्मेश्वर माबिका निशान गुरुङ्ग प्रथम ,राप्ती सोनारी ९ गणेश माबिका युना थारु द्धिद्धिय , कुश्मेश्वर माबिकै आषिश कुमाल तृतीय भएका थिए भने राप्ती सोनारी ९ जनता माबिका पुष्पा थारु सान्त्वना हुन सफल भएका थिए ।
विद्यार्थीहरूले रंग,र कलाको रचनात्मकता प्रयोग गरेर बाघ र वातावरण संरक्षणको सन्देश चित्रकलामा उतारेका थिए।

 

Nabintech