कोहलपुर : कोहलपुर नगरपालिका वडा बम्बर ११ एन(टि(भि( रोड स्थित बाल ज्योती सेकेन्डरी स्कुल बाके प्रा।लि। मा गरिमा विकास बैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कक्षा १० मा अध्ययनरत छात्र छात्रा गरी ८५ जना विद्यार्थीहरूको सहभागिता रहेको बताइएको छ ।
प्रमुख अतिथि गरिमा बिकास बैंक लि शाखा कार्यालय चप्परगौडी बाकेका शाखा प्रबन्धक विष्णु पौडेल,रहेका थिए । विक्तिीय साक्षरता कार्यक्रमबाट ८५ जना बिद्यार्थी लाभान्वित भएको गरिमा बिकास बैक चपरगौडी शाखाले कोहलपुर टाइम्सलाई जानकारी दिएको छ ।
गरिमा बिकास बैंक लि शाखा कार्यालय चप्परगौडी बाकेका शाखा प्रबन्धक विष्णु पौडेलले हाल देखिरहेको र भविष्य हुन सक्ने वित्तीय समस्याबाट हुन सक्ने जोखिमको लागि विद्यालयको आधारभूत तहबाट नै वित्तीय साक्षरता आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
बालबालिकाहरूको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानै देखि बचतको महत्व र बचत गर्ने बानी बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा विद्यार्थीहरूले जानकारी दिएको थियो ।
कार्यक्रममा वित्तीय साक्षरता भनेको व्यक्तिले आफ्नो आर्थिक स्रोत साधनलाई उचित रूपमा परिचालन गर्न आवश्यक ज्ञान प्राप्त गर्नु हो । यो साक्षरताले व्यक्ति, परिवार तथा समाजलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्छ । वित्तीय साक्षरता नहुनु नै व्यक्तिहरू आर्थिक समस्यामा पर्ने प्रमुख कारणमध्ये एक हो । कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्व, कर्जा व्यवस्थापन, लगानी रणनीति तथा दैनिक खर्च नियन्त्रण जस्ता विषयमा जानकारी गराइएको थियो ।
बैंक भनेको आर्थिक कारोबारको प्रमुख माध्यम हो । यो संस्थाले नगद तथा बहुमूल्य कागजातको सुरक्षा, पूँजी परिचालन, वित्तीय कारोबारको सहजता, तथा आर्थिक स्थिरताको संरक्षण गर्छ । तालिममा विद्यार्थीहरूलाई बैंकमा खाता खोल्ने प्रक्रिया, विभिन्न प्रकारका खाता तथा बैंकिङ सेवाहरू को बारेमा जानकारी दिइयो । साथै, सेयर बजार सम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरियो।
वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य भविष्यका कर्णधार विद्यार्थीहरूलाई सही वित्तीय निर्णय लिन सक्षम बनाउने थियो । आजको प्रतिस्पर्धी युगमा हरेक व्यक्तिले वित्तीय योजना बनाउन सक्नुपर्छ । यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूले बचत गर्ने बानी बसाल्ने, सही ऋण व्यवस्थापन सिक्ने, तथा लगानीका अवसरहरू पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ ।