कोहलपुर : कोहलपुर लगाएत देशका ७ सय ५३ वटै स्थानिय सरकार प्रमुख तथा शिक्षा शाखा प्रमुखहरुलाई निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल प्याव्सनले आज एकैसाथ ज्ञापन पत्र पेश गरेको छ । सरकारले तयार गर्दै गरेको शिक्षा विधेयकका केही बुंदामा असन्तुष्ट जनाउदै प्याब्सनले एकै पटक देशैभरि ज्ञापन पत्र पेश गरेको हो ।
बाँकेको कोहलपुरमा पनि आज ज्ञापन पत्र बुझाईएको छ । कोहलपुर नगरपालिकाका कार्यवहाक मेयर संगिता सुबेदी र नगर शिक्षा शाखा प्रमुख राम वहादुर हमाललाई प्याब्सन बाँकेका बरिष्ठ उपाध्यक्ष शरद रावल, प्याब्सन सल्लाहकार यम रावत, शिब डाँगि, निजि विद्यालयका अगुवा नेताहरु दिनेश सिग्देल, बिएल भारति लगाएतको उपस्थितीमा ज्ञापन पत्र बुझाईएको हो