कोहलपुर : बाँके राष्ट्रिय निकुन्ज र जेडएसएल नेपालको समन्वयमा निकुन्जको मध्यवर्ती क्षेत्र भित्र गठन भएका मानव वन्यजन्तु सहअस्तित्व इकाइका सदस्य र चोरीशिकारी नियन्त्रण युवा परिचालन अभियानका सदस्यहरलाई वन्यन्जतुको आनीवानी ,ब्यवाहार र मुठभेड हुदाँ बच्ने उपाय सम्बन्धीको अभिमुखिकरण कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ ।
पछिल्लो समय बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र रहेका युवाहरु चोरीशिकारी नियन्त्रणको लागी पनि सक्रिय हुदै आएका छन । युवाहरुले समुदायका नागरिकहरुलाई मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणको सचेतना जगाउदै आएका छन ।
कार्यक्रमको सहजकिरण जेडएसएल नेपालका फिल्ड कार्यक्रम अधिकृत प्रदिप सेढाइले च्याम्पीएन समुहको काम कर्तब्य र अधिकारकोबारेमा जानकारीदिनुका साथै सिवीएपीयुका सदस्यहरुको वन्यजन्तुको संरक्षणमा समुदायस्तर चेतना फैलाउदै आएको कार्यको उल्लेखनीय भुमिका रहेको बताउनु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बाँके राष्ट्रिय निकुन्ज पश्चिम सेक्टरका संरक्षण अधिकृत उत्तमकुमार चौधरीले वन्यजन्तुको चोरीकिारी नियन्त्रणको लागी मावन वन्यजन्तु सहअस्तित्व प्रर्बधन इकाइका सदस्यहरुको भुमिका अझै सक्रिय हुनु पर्ने बताउनु भएको थियो ।
अभिमुखीकरणका क्रममा सहभागीलाई वन्यजन्तुको जीवनशैली, वासस्थान, खानेकुरा खोज्ने तरिका, प्रजनन समयदेखि लिएर मानिससँग अनायास हुने भेटघाटमा हुने जोखिमसम्मका विषयमा जानकारी दिइयो। साथै, जंगली हात्ती, बाघ, चितुवा, गैंडा जस्ता संवेदनशील प्रजातिसँग मुठभेड भएमा बच्ने तरिका र सुरक्षित व्यवहारबारे बर्दिया राष्ट्रिय निकुन्जका रेन्जर सन्त बहादुर मगरले प्रशिक्षण दिनु भएको थियो ।

सहअस्तित्व इकाइ र युवा परिचालन अभियानका प्रतिनिधिहरूले अभिमुखीकरणले संरक्षण क्षेत्रमा नयाँ उर्जा थपिएको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा यस्तो प्रशिक्षणले युवालाई मात्र होइन, स्थानीय समुदायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने बताएको थिए । चोरी–शिकारीविरुद्ध सशक्त आवाज उठाउन र वन्यजन्तु संरक्षणलाई सामूहिक अभियान बनाउन यस्तो कार्यक्रम उपयोगी भएको बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा बाघ,हात्ती ,गैडाको आनीबानी र उनीहरुबाट कसरी सुरक्षित रहने भन्ने बिषयम केन्द्रित रहेर प्रशिक्षण दिएको थियो । कार्यक्रममा जेडएसएल नेपालका कमल रेग्मीले वन्यजन्तुको क्यामरा ट्रयापिङ , जीएस सिस्टम लगायका प्राधिका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमले संरक्षण क्षेत्रमा काम गर्ने युवाहरूलाई प्राविधिक सीप दिनुका साथै सहअस्तित्व र संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ। सहभागीहरूले अभिमुखीकरणपछि आफूलाई अझ जिम्मेवार महसुस गरेको सहभागी शान्ती चौधरीले बताउनु भयो ।
कार्यक्रममा २९ जना मध्यवर्ती क्षेत्र भित्रका युवाहरुको सहभागीता रहेको थियो ।









