कोहलपुर : बाँके र बर्दियामा रहेका १० वटा बिद्यालयका इको शिक्षक साथै संरक्षणकर्मी र पत्रकारहरुलाई वन वातावरण तथा जलबायु परिर्बतनसम्बन्धीको प्रशिक्षण प्रशिक्षक तालिमा शुर भएको छ ।
वन वातावरण तथा जैविक विविधता संरक्षणमा टेवा पुराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सम्र्बधन परियोजनाका फोकल पर्सन जयन जोशीले जानकारी दिए । कार्यक्रममा सामुदायिक वन उपभोग्ता महासंघ बाँके अध्यक्ष साबित्रा पुनले जैविक विबिधता संरक्षणमा सबैको सहकार्य आबश्यकता रहेको बताइन ।
परियोजनाले बाँके र बर्दियाका मध्यवर्ती क्षेत्रको कोहलपुर नगरपालिका , राप्ती सोनारी गाउपालिका, बर्दियाको मधुवन नागरपालिका र ठाकुरबाबा नागरपािलका भित्र रहेका १० वटा बिद्यालयमा वन वातावरण जैविक विविधता संरक्षणको पाठ्यक्रम निर्माण गरी अध्यापन गराउदै आएको छ । सो पाठ्यक्रमको सिकाइ र अनुभव आदान प्रदान गर्ने तथा आगामी दिनमा पठनपाठनलाई अझ प्रभाबकारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।
सो अवसरमा बरिष्ठ संरक्षणकर्मी सुवास देवकोटाले जलवायु परिर्बतन, यसका असरहरु र सामाधानका उपायहरुबारे प्रशिक्षण दिएका थिए ।
कर्यक्रममा पाठ्यक्रम लागु भएका बिद्यालयका इको शिक्षकहरुसँग अन्तक्र्रियासमेत गरिएको थियो ।
युरोपेली संघ, अस्ट्रियन डेभलपमेन्ट कोअपरेशनको आर्थिक सहयोग तथा आड्रा नेपालको व्यवस्थापनमा सम्र्बधन परियोजनाले कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रम ३ दिनसम्म सन्चालन हुने आयोजकले जनाएको छ ।