कोहलपुर : तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता२०८२ को उपाधी ग्रीनपिस र गोर्खा युनाइटेडले प्राप्त गरेका छ्न। प्याब्सन कोहलपुरको आयोजनामा मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो। प्रतियोगितामा तीन तहमा प्रतिष्पर्धा भएको थियो । रनिङ शिल्ड प्रतियोगितामा माध्यमिक तह ९–१२तर्फ रनिङ शिल्डमा सबैभन्दा बढी आठ स्वर्ण पदक जित्दै ग्रीन पिस सेकेण्डरी स्कूलले उपाधि जितेको छ भने मावितर्फ पाँच स्वर्ण पदकसहित गोरखा युनाइटेड पब्लिक स्कूल द्धितीय र दुई स्वर्ण पदकसहित डायनानिक सेकेण्डरी स्कूलले तृतीय स्थान हासिल गरेका छ्न। आधारधूत तह ‐१–८ तर्फ रनिङ शिल्डमा दुई स्वर्ण,दुई रजत र दुई कास्यसहित गोरखा युनाइटेड पब्लिक स्कूलले उपाधि जितेको छ । दुई स्वर्ण,दुई रजत र एक कास्य पदकसहित निम्बल एकेडेमी द्धितीय र दुई स्वर्ण,एक कास्य र एक रजत पदकसहित जीवन ज्योति माध्यमिक विद्यालय तृतीय भएको छ । माध्यमिक तह ९–१२ एथलेटिक्सतर्फ पनि ग्रीन पिस सेकेण्डरी स्कूल प्रथम, गोरखा युनाइटेड पब्लिक स्कूल द्धितीय र डायमिक सेकेण्डरी स्कूल तृतीय भएका छन् । आधारधूत तह १–८ एथलेटिक्सतर्फ भने निम्बल एकेडेमी प्रथम, एभरेष्ट सैनिक स्कूल द्धितीय र जीवन ज्योति स्कूल तृतीय भएका छन् । प्रतियोगितामा माध्यमिक तहमा छात्रछात्रातर्फ गोरखा युनाइटेड पब्लिक स्कूलका छात्र समीर बस्नेत र छात्रा कल्पना बुढाले उत्कृष्ट खेलाडी घोषित भए । आधारभूत तहतर्फ निम्बल एकेडेमीका कृष्ण बहादुर बुढा र एभरेष्ट सैनिक स्कूललाई छात्रा साधना थापा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा अनुसासित विद्यालयका रुपमा एभरेष्ट सैनिक स्कूललाई सम्मान गरिएको थियो । विजेता विद्यार्थी र तथा विद्यालयलाई ट्रफीसहित मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताए । प्रतियोगितामा समापनमा विजेता विद्यालयलाई समापन सत्रका प्रमुख अतिथि तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालसहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाएका थिए । यस्तै आधारभूत तह १–८मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह ‐नर्सरी–३ तर्फ १२० जनागरी कूल ९६० जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा कूल १ हजार ८ सय ३८ जनाले सहभागिता जनाएर प्रतिष्पर्धा गरेका प्याब्सन कोहलपुर सचिब मित्र वलिले बताए ।