२५ चैत्र २०८२, बुधबार
बाँकेमा थपिए २० नयाँ मतदान केन्द्र, तीव्र रुपमा मतदात नामावली सङ्कलन गरिँदै

  • टाइम्स संवाददाता

  • १७ पुष २०८२, बिहीबार ०५:५९

नेपालगन्ज – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा २० वटा नयाँ मतदान केन्द्र कायम भएका छन् । यसअघि ३८० मतदान केन्द्र कायम भएकामा नयाँ २० मतदान केन्द्र थप भएपछि मतदान केन्द्र ४०० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जिल्लामा कूल तीन लाख ४९ हजार ८४ जना मतदाता कायम भएको जानकारी दिँदै त्यसमध्ये १५ हजार १५० नयाँ मतदाता रहेका बताए । उनका अनुसार जिल्लामा १३९ मतदानस्थल रहेका छन्। तीमध्ये एउटा मतदानस्थल नयाँ रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा मतदाता नामावलीमा दोहोरोरिएको नाम हटाएपछि नयाँ मतदाताकोसङ्ख्या केही घटेको उल्लेख गर्दै अस्थायी मतदातको नामावली सङ्कलनलाई तीव्र बनाइएको बताए । छ हजारको हाराहारीमा बाँकेमा अस्थायी मतदाता रहेको अनुमान गरिएको छ । बाँकेमा तीन निर्वाचन क्षेत्र रहेका छन् ।

Nabintech