कोहलपुर : बाँकेमा गत पौष १९ गते बाँके राष्ट्रिय निकुन्जको सौरी मध्यवर्ती सामुदायिक वन भित्र गाइगोठाला गएको बेला बाघको आक्रमणमा परि निधन भएका ६१ बर्षीय मरिचमान भण्डारीलाई बाँके राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले तत्काल राहत कोष मार्फत ५० हजार नगद मृतका आफन्तलाई प्रदान गरिएको छ ।
बाँके राष्ट्रिय निकुन्जले पनि मृतकका आफन्तलाई तत्काल राहत कोष मार्फत पनि नगद पचास हजार प्रदान गरेको थियो । बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले सबै प्रकृया पुरा भएपछि अरु राहत रकम प्रदान गरिने बताउनु भएको छ । कार्यक्रममा राप्ती सोनारी गाउपालिका वडा न २ का वडा अध्यक्ष यम बहादर खड्का , रण बम गण ओभरी प्रमुख सेनानी खिम बहादुर डाँगी , बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष , गेहेन्द्र कुमार खड्का ,बाँक राष्ट्रिय निकुन्ज सहायक संरक्षण अधिकृत मन्दीप पंगेनी , राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यक्रम सहायक मनोज गौतमको उपस्थितीमा राहत रकम प्रदान गरिएको थियो।
पछिल्लो समय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र बन्यजन्तुको सख्या बढदै गएको हुदा मानब वन्यजन्तु वीच द्धन्द्ध बढदै गएको छ । वन्य जन्तुको आनी वानी बुझदै आफना ब्यवहारपरिर्बतन गर्दै सचेत हुन निकुन्जले आवहान गर्दै आएको छ ।
बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी भइरहेको छ ।
बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनु भयो । । आहारा जोगाउन बाघले आक्रमण गरेको हुन सक्ने प्ररम्भीक अनुमान गरिएको छ ।