कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले गरिरहेकै कामलाई व्यवश्थित बनाउदै लैजान थालेपनि लोगो प्राप्त गर्नका लागी मापदण्ड पुरा गर्नेतर्फ विद्यालय लागेको बताउनुभयो । कार्यक्रममा विद्यालयका वि व्य समितिका अध्यक्ष विशाल श्रेष्ठले एक वर्षमा समयमा मापदण्ड पुरा गर्नु पर्ने मा तोकिएकै समयमा मापदण्ड पुरा गर्नेप्रतिबद्धता गर्नु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य तथा पूर्व विद्यार्थी युवराज खनाल, रामपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष दुर्गाप्रसाद पोख्रेल, आधारभुत माध्यामिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष कमलराज भट्टराई, दरैठाटी माध्यामिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, अभिभावक चिरिन्जीवी सिग्देल ,नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोख्रेल, विद्यार्थी करिना कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका फोकल पर्सन सुदिप शर्माले विद्यालय परिवारलाई औपचारिक रुपमा लोगो हस्तान्तरण गर्नुभएको हो । शिक्षक लेखनाथ शर्मा मरासिनीले संचालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुले रमाइलो नृत्य प्रस्तुत गरेका थिए ।