२ फाल्गुन २०८२, शनिबार
आफ्ना अधुरा काम पूरा गर्न ढकाल पुनः चुनाबी मैदानमा

  • टाइम्स संवाददाता

  • २३ माघ २०८२, बिहीबार १७:५७

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।
नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले आफ्ना अधुरा काम पूरा गर्ने उद्देश्यसहित पुनः चुनावी मैदानमा उत्रिएको बताएका छन्।
ढकालले लामो अनुभव, संघर्ष र उतारचढावको यात्रासँगै जनताको असल प्रतिनिधि बन्ने लक्ष्यसहित उम्मेदवारी दिएको स्पष्ट पारे। उनले वर्तमान निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई देशको भविष्यको दिशा तय गर्ने निर्णायक अवसर भएको बताए
िएमालेका तर्फबाट दोस्रो पटक चुनावी मैदानमा उत्रिएका ढकालले आफू अन्य उम्मेदवार भन्दाअब्बल उम्मेदवार रहेको जिकिर गरे।
आफू निर्वाचित भएपछि सुरु गरिएका विकासका कामबारे जानकारी दिँदै ढकालले हुलाकी राजमार्ग अन्तर्गतका अधुरा पुलहरूमध्ये केहीको निर्माण अघि बढिसकेको बताए।


बाँके राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नीतिगत सुधार गरिएको र क्षतिपूर्ति रकम बढाइएको उनको भनाइ छ।

त्यसैगरी, मध्यवर्ती क्षेत्रमा पूर्वाधार विकास गर्न कानुनी सुधार गरिएको, बैजापुर औद्योगिक ग्राम स्थापना गरेर युवाहरूलाई रोजगारी दिने प्रयास गरिएको, तटबन्धन, पुल निर्माण तथा विद्यालयका अधुरा भवन पूरा गर्ने काम अघि बढेको उनले जानकारी दिए।
पत्रकारसँग कुरा गर्दै “जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने, संसदमा आवाज उठाउने र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने काम मैले गरेको छु,” उनले भने।
लामो राजनीतिक अनुभव र संघर्षका आधारमा अधुरा सपना पूरा गर्न पुनः चुनावी मैदानमा उत्रिएका सूर्य ढकालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्तिपूर्ण परिवर्तनको मार्ग स्थापित गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे।

Nabintech