कोहलपुर : मध्यवर्ती क्षेत्रका युवाहरुलाई लक्ष्ति गरि संचालन गरिएको होटल ब्यवस्थापन तालिमा सम्पन्न भएको छ ।
बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रका युवाहरुलाई जंगलको परनिर्भतालाई कम गर्दै मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणमा कम गर्ने उदेश्यका साथ होटल ब्यवस्थापन तालिम मार्फत रोजगारीमा युवाहरुलाई जोड्न थालिएको छ । यसले संरक्षण सगसगै आयआर्जनहुने अपेक्षा गरिएको बातावरण तथा ग्रमणि बिकास केन्द्र इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले बताउनु भयो ।



मध्यवर्ती क्षेत्रका युवाहरुले वन्यजन्तुको संरक्षण मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणको लागी समुदायस्तरमा चेतनामुलक भुमिक खेल्दै आएका छन । संरक्षणलाई समृद्धिमा जोडने उदेश्यका साथ मध्यवर्ती क्षेत्रका ३९जना युवाहरुलाई होटल ब्यवस्थापन तालिमा मार्फत रोजगारी सृजना गरिएको छ । यसले युवाहरुलाई स्वदेशमै केही काम गर्न थप्प हौसला समेत प्रदान गरेको बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बताउनु भयो ।
पछिल्ले समम होटल तथा होमस्टेहरुमा दक्ष जनशक्तिको आभाब रहदै आएको छ । युवाहरुलाई आफनै गाउमा रोजगारीको अबसर छ भन्ने उदेश्यका साथ साना होटल तथा लज ब्यवस्थापन तालिम पछि युवाहरुलाई रोजगारीको ग्यारेन्टी समेत हुदै गएको सरोकारवालाहरुको भनाइ रहेको छ । जंगलको निभरतालाई कमी गदै बैकल्पिक आयआर्जनको ढोका समेत खोलेको देउराली हरियाली मध्यवर्ती उपभोग्ता समितीक अध्यक्ष लोकेन्द्र वहादुर खत्रीले बताउनु भयो ।
बाके ,बर्दिया , दाङ र सल्यानका मध्यवर्ती क्षेत्रभित्रका युवायुवतीहरुलाई प्रत्यक्ष रोजगारीमा जोडदै आत्मनिभर बनाउने उदेश्यलका साथ होटल ब्यवस्थापन को १० दिने तालिमा सम्पन्न भएको छ । तालिमामा खाना पकाउने देखि बेडरुपम ब्यवस्थापन कसरी गर्ने भन्ने सम्मको सिप प्रदान गरिएको छ । नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानका प्रशिक्षक सतिश्र मिश्रले बताउनु भयो । मध्यर्ती क्षेत्रका युवाहरुलाई नेपालमै रोजागरीको सम्भावन रहेको र युवाहरुको आत्मनिभरताको लागी सबै सरोकारवाल प्रतिबद्ध रहेका छन ।


होटल ब्यवस्थापन तालिमा मध्यवर्ती क्षेत्रका युवायुवतीहरुको भबिष्यको बलियो आधार भएको बाँके राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत उत्तम कुमार चौधरीले बताउनु भयो ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत मन्दीप पंगेनी ,होमस्टे एसोसिएसन महासघका कृष्ण चौधरी र मध्यवर्ती क्षेत्र उपभोग्ता समितीका अध्यक्ष लगायको सभागीता रहेको थियो । कार्यक्रम जेडएसएल नेपालको आर्थिक सहयोग इन्रुडेक बाँकेको समन्वय र बाँक राष्ट्रिय निकुन्जको आयोजनामा सम्पन्न भएको जेडएस एल नेपालका प्रदीप सेढाइले जानकारी दिनु भयो ।






