२ फाल्गुन २०८२, शनिबार
आइसिसी टी–२० विश्वकपः आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

  • टाइम्स संवाददाता

  • ३० माघ २०८२, बिहीबार ०९:०४

आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

टी–२० फर्म्याटमा नेपाल र इटालीबीच पहिलोपटक भेट हुँदैछ । यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो। पछिल्लो भेट सन् २०१३ मा भएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन्। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन् । डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ ।

इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ।

Nabintech