२ फाल्गुन २०८२, शनिबार
नरैनापुरमा एमालेको घरदैलो अभियान: जनतामा उत्साह

  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०८२, शुक्रबार २१:०६

नेकपा एमाले बाँके क्षेत्र नं. १ को घरदैलो अभियानले जनतामा उत्साह देखिएको छ।
कार्यकर्ता सहित एमालेका उम्मेदवार सूर्य ढकाल को घरदैलो अभियानले नरैनापुरमा चुनावी वातावरण तताएको एमाले क्षेत्र न १ निर्वाचन परिचालन समिती संयोजक बसन्ती अधिकारिले बताइन।
गाउँ–गाउँ पुगेर प्रत्यक्ष संवाद गरिरहेका सूर्य ढकालप्रति स्थानीय बासिन्दाको उत्साह र विश्वास तीव्र रूपमा बढिरहेको छ संयोजक अधिकारिले भनिन।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूले सडक, स्वास्थ्य, शिक्षा, सिंचाइ र रोजगारीसम्बन्धी समस्याहरू खुलेर राखेका छन्।
एमालेका उम्मेदवार सूर्य ढकालले विकास, सुशासन र समावेशी नेतृत्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै जनताको साथमा सधैं रहने विश्वास व्यक्त गरेका छन्।
जनमत सङ्कलन र स्थानीय प्रतिक्रियाको आधारमा सूर्य ढकालको लोकप्रियता निरन्तर बढिरहेको एमाले नरैनापुर सचीव बिनय दिक्षितले बताए।
घरदैलो मार्फत जुटेको व्यापक जनसमर्थनले सूर्य ढकाललाई आगामी निर्वाचनमा निर्णायक लाभ दिलाउने सम्भावना देखिएको स्थानीयले बताए।

Nabintech