६ फाल्गुन २०८२, बुधबार
दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०८२, बुधबार ०६:१६

काठमाडौं – टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ ।भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । नेपालको यो २०१४ विश्वकपपछि पहिलो जित हो । १७१ रनको लक्ष्य नेपालले १९।२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पाी खेले । उनले अविजित ५० रनको योगदान दिए । कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, रोहित पौडेलले १६ तथा गुलशन झा २४ रनमा नटआउट रहे ।

बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो ।

उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

समूह सी मा रहेको नेपालले अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्यो । यस समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्डले सुपर एटमा स्थान बनाउँदा नेपाल र स्कटल्यान्डसहित इटाली समूह चरणबाट बाहिरिए ।

Nabintech