१७ चैत्र २०८२, मंगलवार
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि बृहत् साइकिल यात्रा

  • टाइम्स संवाददाता

  • ८ फाल्गुन २०८२, शुक्रबार १९:५२

कोहलपुर :  नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा तथा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको सहकार्यमा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् साइकिल यात्रा गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्जको जैविक विविधता, वन्यजन्तु, प्राकृतिक सौन्दर्य र पर्यावरणीय महत्वबारे जानकारी गराउँदै दिगो पर्यटनको सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम साइक्लिङ आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न उमेर समूहकातिन सय साइकलयात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेपालगन्जबाट सुरु भएको यात्रा निकुञ्जको निर्धारित मार्ग हुँदै बाँकेको सुतैया ताल हुदै गाभर पुगेको र भोलि बर्दियाको ठाकुरद्धारा पेगेर सम्पन्न हुने आयोजकले जनाएको छ।  यात्राका क्रममा सहभागीहरूलेबाँके निकुञ्ज क्षेत्रको हरियाली वन, दुर्लभ वन्यजन्तु बसोबास गर्ने क्षेत्र तथा प्राकृतिक दृश्यावलोकनको अनुभव लिएका थिए।

बाँके राष्ट्रिय निकुन्जको हातिसारमा बिधिवतरुपमा उद्धघान गरेर साइक्लिङ गरिएको छ । साइक्लिङ कार्यक्रमको उद्धघान बिश्व साइकिल यात्री पुश्कर शाह र बाँके राष्ट्यि निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कडेलले शान्तिको प्रतिक परेवा उडाएर शुभारम्भ गर्न भएको थियो । साइकल यात्रा वातावरणमैत्री पर्यटनको प्रभावकारी माध्यम हो यसले कार्बन उत्सर्जन न्यूनीकरणको सन्देश दिनुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँछ। साथै, बाँके राष्ट्रिय निकुन्जको साहसिक पर्यटन यात्रा मध्यको एक रहेको बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले प्रतिक्रिया दिनु भयो । स्थानीय होटल व्यवसायी, होमस्टे सञ्चालक, यातायात तथा साना व्यवसायमा समेत सकारात्मक आर्थिक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

निकुञ्ज प्रशासनले यस्ता कार्यक्रमले संरक्षण र पर्यटनबीच सन्तुलन कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। स्थानीय समुदाय, युवा तथा संरक्षणकर्मीबीच सहकार्यको वातावरण निर्माण गर्न यस्ता गतिविधि प्रभावकारी हुने बताइएको छ।आगामी दिनमा पनि निकुञ्ज क्षेत्रमा प्रकृति–मैत्री गतिविधि, जनचेतनामूलक अभियान तथा साहसिक पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको यस बृहत् साइकिल यात्राले बाँके राष्ट्रिय निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ। कार्यक्रम जेडएस एल नेपाल , इन्रुडेक बाँके , नेचरगाइड एसोसिएसन बाँकेले सहकार्य गरेका थिए ।

Nabintech