कोहलपुर : बाँकेमा पहिलो पटक समुदायस्तरमा सचेतना जगाउने उदेश्यले सालक दिवस मनाइएको छ । निकुन्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रहरुमा सालक रहेको हुदा यसको संरक्षण अबैध चोरी शिकारी नियन्त्रणको लागी सरोकारवालाहरु एक जुट हुन थालेका छन ।
बाँकेमा सालको महत्व र यसले जैविक विविधता पुराएको सकरात्मक पक्ष समुदायस्तरमा बुझाउन अति जरुरी रहेको हुदा बाँकेमा यो अभियान थालिएको छ ।सालक खपेटा भएको स्तनधारी जनावरको रुपमा पर्दछ , बिश्वमा ८ प्रजातिका सालक रहेका छन , भने नेपालमा इन्डिएन र चाइनिज सालक गरि दुई प्रकारका सालक रहेका छन । नेपालमा पाइने सालक हाल संकटपन्न सुचिमा सुचिकृत रहेका छन । बाँकेमा पनि सालकरहेको हुदा यसको अबैध चोरीशिकारी नियन्त्रण र संरक्षणको लागी थालिएकोे प्रयासले समुदायस्तरमा सांलक संरक्षणको लागी कोशेढुंगा सावित हुने बिश्वास लिएको छ । बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले बताउनु भयो ।
पछिल्लो समय सालको महत्व समुदाय सम्म बुझाउन नसक्नु बन डढेलो अब्यवस्थित सडक निर्माण ,बढदो शहरी करण, बासस्थानको बिनास हुदै जानु ,सालकको मुख्य आहारा कमिला र धमिरा भएको हुदा बालि नालीमा प्रयोग हुने बिषदीका कारण कमिला र धमिरा लोप हुदै जादा यसको संरक्षणमा चुनौति थपिएको छ । सालक संरक्षण र सचेतनाको लागी थालिएको यो प्रयासले संरक्षणमा टेवा पुग्ने देखिन्छ जेडएसएल नेपाल पश्चिम सेक्टरका प्रदिप सेढाइले बताउनु भयो ।
कार्यक्रममा इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले बाँकेमा सम्भाबित क्षेत्रहरुमा सालक संरक्षण क्षेत्रहरुको पहिचाहन गरि संरक्षणका कार्यहरुलाई अगाडी बढाइने बताउनु भएको थियो ।
बिशेष गरेर सालक पाइने क्षेत्रहरुमा र त्यसको वरिपरि बस्ने समुदायले सालक लगायतका जैविक विविधताको संरक्षणबाट भएका फाइदाहरु समुदायलाई बुझाउन आबश्यक रहेको छ । सालकले कमिला र धमिरालाई मात्र खाने हुदा किसानको खेतबारीलाई कुनै नोक्सान पुराउनदैन त्यसैले सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ ।सालक संरक्षणमा अब युवाहरु सक्रिय हुन आबश्यक रहेका छ । संरक्षणकर्मी कृष्ण चोधरीले बताउनु भयो ।
बिश्व वन्यजन्तु पत्रकार मन्च नेपालका अध्यक्ष हुमहरी भट्टराईले सालक संरक्षण र यसको अबैध ब्यपारलाई रोक्थामको लागी समुदाय चनाखो हुनु पर्ने बताउदै स्थानीय बाँकेका स्थान्ीय पाठ्यक्रममा यसको महत्वको बिषयलाई समेटनु पर्ने बताउनु भएको थियो । सालक संरक्षणको लागी बिद्यालयस्तरबाट सचेतना अभियान थालनी गर्नु पर्ने बताउनु भयो
नेपालबाट सालक तस्करीको लागी चिन र भियतनाम सबै भन्दा बढि गन्तब्य बनेको छ । सालको अबैध ब्यापार रोकथामको लागी समुदायस्तरबाट सचेतना जागउन आबश्यक रहेको छ बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बताउनु भयो ।










