२५ चैत्र २०८२, बुधबार
कोहलपुरमा जनसंवाद कार्यक्रम सम्पन्न: विकासका लागि सूर्य ढकाल

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०८२, बुधबार २१:०६

कोहलपुरमा मतदाताको नजरमा बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकाल को हुन्रु भन्ने विषयमा विशेष जनसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा, महिला तथा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सो अवसरमा बोल्दै सहभागी अनिता पौडेलले नेकपा एमाले का उम्मेदवार सूर्य ढकाल लाई विकासप्रेमी, दूरदर्शी र जनउत्तरदायी नेता भएको बताउनुभयो । उहाँले बाँकेको दीर्घकालीन विकासका लागि सक्षम, इमानदार र स्पष्ट कार्ययोजना र कार्यदिशा भएका नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो, बाँकेको समग्र विकास, समृद्धि र स्थायित्वका लागि सक्षम नेतृत्वको खाँचो छ। सूर्य ढकालज्यूसँग स्पष्ट योजना, इमानदार सोच र काम गर्ने दृढ इच्छाशक्ति छ। यही विश्वासका साथ म काठमाडौंको आफ्नो घर छोडेर ढकालको पक्षमा महोल निर्माण गर्नका लागि बाँके आएकी हुँ।

अनिता पौडेलले थप्नुभयो, भौगोलिक दूरीले सोच र प्रतिबद्धता कमजोर बनाउँदैन। मेरो स्थायी बसोबास काठमाडौंमा भए पनि, मेरो मन र प्रतिबद्धता विकासको पक्षमा छ। सूर्य ढकालज्यूको नेतृत्वमा बाँकेले नयाँ गति लिने विश्वासका साथ म यहाँ उपस्थित भएकी हुँ।

उहाँले आफू मात्र नभई आफ्नो छोरासमेत लिएर चुनावी अभियानमा सक्रिय सहभागिता जनाइरहेको जानकारी दिनुभयो। “हामी परिवारसहित यहाँ आएका छौं। सक्षम र इमानदार नेतृत्वलाई जिताउन हामीले आफ्नो ठाउँबाट सक्दो योगदान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै युवा खेमराज शर्माले  भन्नुभयो कि अब बाँकेमा विकास र परिवर्तनको स्पष्ट एजेन्डा बोकेको नेतृत्व आवश्यक छ। उहाँले भन्नुभयो,युवाहरू रोजगारी, सीप विकास र अवसरको खोजीमा छन्। हामीलाई आश्वासन होइन, परिणाम चाहिएको छ। सूर्य ढकालज्यूले युवाका मुद्दालाई प्राथमिकतामा राख्नुभएको छ, त्यसैले हामी युवा पुस्ता उहाँको साथमा उभिएका छौं।

उहाँले थप्दै भन्नुभयो कि स्थिर नेतृत्व र स्पष्ट योजनाले मात्र बाँकेलाई समृद्धिको दिशामा अघि बढाउन सक्छ। हामी युवाहरू अब दर्शक होइनौं, परिवर्तनका सहभागी हौं। विकासप्रेमी र इमानदार नेतृत्वलाई जिताउनु नै आजको आवश्यकता हो, उहाँले जोड दिनुभयो।

यस्तै कार्यक्रममा बोल्दै अनेरास्ववियुका नेता देबेन्द्र बुढाले सुर्य ढकाल सङ्ग कोहलपुर, राप्तिसोनारी र नरैनापुरलाइ बनाउने दिर्घकालिन योजना रहेको बताए । सुर्य ढकाल र नेकपा एमालेको समन्वयमा कोहलपुरको मुहार फेरिएको यहाका स्थानियहरुले प्रत्यक्ष महसुस गरिरहेको बताए ।

कार्यकममा सहभागिहरुले क्षेत्र न १ मा सुर्य ढकाल जस्तो अनुभबी, अद्ययनशिल र दुरगामी योजना भएको नेतृत्व अन्य पार्टिमा नभएको समेत बताएका थिए ।

 

Nabintech