कोहलपुरमा : भुमि समस्या समाधान आयोग बाँकेले आज कोहलपुरमा पत्रकार सम्मेलन गरेर जग्गा धनी लालपुर्जा नेताले होइन आयोगले बितरण गर्ने भन्दै पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर बैजनाथ र राप्ती सोनारीमा दलका नेताहरुले दिएको अभिब्यक्तिलाई खण्डन गर्दै भ्रममा नपर्न आग्रह गरेका छन । चुनाब पछि आगामी २५ गते देखि लालपुर्जा बितरण गर्ने उनले सम्मेलनमा जानकारी दिएका थिए ।
बाँकेमा ५३७०० भुमिहिन रहेको र पहिलो चरणमा १५ हजारलाई जग्गा धनी पुर्जा बितरण गर्ने आयोगले जानकारी दिएको छ ।
पत्रकार सम्मेनलनमा बिज्ञ ठाकुर प्रसाद भुसाल र भूमि आयोग बाँकेका सदस्य केशव शाहको सहभागीता रहेको थियो ।











