१८ चैत्र २०८२, बुधबार
इरानमा १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु, १८१ जना १० वर्षमुनिका बालबालिका

  • टाइम्स संवाददाता

  • २० फाल्गुन २०८२, बुधबार ०७:४७

इरानमा जारी अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीका क्रममा ठूलो संख्यामा सर्वसाधारणको हताहती भएको विवरण सार्वजनिक भएको छ।

अमेरिकास्थित मानव अधिकारवादी संस्था ुह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीु ले फेब्रुअरी २८ देखि हालसम्म इरानमा १ हजार ९७ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेहरूमध्ये १८१ जना १० वर्षमुनिका बालबालिका रहेका छन्। हिंसामा परी घाइते हुनेहरूको संख्या ५ हजार ४०२ पुगेको छ भने त्यसमध्ये १०० जना बालबालिका समेत छन्।

पछिल्लो २४ घण्टामा मात्रै कम्तिमा १०४ वटा छुट्टाछुट्टै आक्रमणहरू रेकर्ड गरिएका छन्। संस्थाका अनुसार यी आक्रमणहरू सैन्य अड्डाहरूमा मात्र सीमित नभई सर्वसाधारण बस्ने आवासीय क्षेत्र र स्वास्थ्योपचारका लागि प्रयोग हुने चिकित्सा केन्द्रहरूमा समेत भएका छन्।
एजेन्सीले थप सयौँ मृत्युका रिपोर्टहरू प्राप्त भएको र ती घटनाहरूको आधिकारिक पुष्टि र समीक्षा भइरहेको जनाएको छ।

आक्रमणको प्रकृति र बढ्दो हताहतीले इरानमा गम्भीर मानवीय संकट निम्तिएको समेत अधिकारवादीहरूले बताएका छन्।

Nabintech