२४ चैत्र २०८२, मंगलवार
रूपन्देही ३ मा रास्वपाका थापा ५० हजार बढी मतान्तरले विजयी

  • टाइम्स संवाददाता

  • २३ फाल्गुन २०८२, शनिबार ११:३९

रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार लेखजंग थापा विजयी भएका छन् । शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरे ।

थापाले ५८ हजार ८१४ मत ल्याउँदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्र प्राप्त गरे । यस्तै एमालेका वासुदेव घिमिरेले ८ हजार २७८ मत मात्र ल्याए ।

यस्तै राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत मात्र ल्याउन सके । आम निर्वाचन अघि घोषणा भएको उपचुनावका लागि पनि रास्वपाले डा। थापालाई उम्मेदवार बनाउने निर्णय गरेका थिए ।

उनी चर्चित न्यूरो रोग विशेषज्ञ हुन् ।

Nabintech