१६ चैत्र २०८२, सोमबार
समानुपातिकको ८० लाख मतगणना

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०८२, सोमबार ०९:४५

काठमाण्डाै  :  गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

झन्डै १ करोड १० लाखमध्ये ८० लाखभन्दा धेरै मतगणना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३८ लाख ५७ हजार, नेपाली कांग्रेसले १३ लाख ७ हजार, नेकपा एमालेले ११ लाख ७ हजार र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ६९ हजार मत पाएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीको मत ३ लाख हाराहारी पुग्न लागेको छ । श्रम संस्कृतिको २ लाख ७५ हजार र राप्रपाको २ लाख ६९ हजार मत पुगेको छ । अब झन्डै ३० लाख मत गन्न बाँकी छ ।

प्रत्यक्ष मतदानमा कम्तीमा १ सिट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा यो प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ ।

Nabintech