१६ चैत्र २०८२, सोमबार
केपिएल खेल्न कोहलपुर आईपुगे ऐरी र बम

  • टाइम्स संवाददाता

  • १ चैत्र २०८२, आईतवार ०५:२६

क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता सेमिफाइनल खेल खेल्न राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी र लोकेश बम कोहलपुर पुगेका छन् । शनिबार ऐरी र बम सेमिफाइन खेल खेल्न कोहलपुर आएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेका ऐरी र बमलाई प्रतियोगिता संयोजक विनयक गिरीले खादा र माला लगाएर कोहलपुरमा स्वागत गरे । भोलि हुने सेमिफाइनल खेलमा ऐरी र बम एक अर्काको प्रतिद्धन्द्धी भएर मैदान उत्रिने संयोजक गिरीले जानकारी दिए ।

उनका अनुसार बम कोहलपुर स्पोर्टस एकेडेमीबाट र ऐरीले युनाइटेड भिजन क्रिकेट क्बलबाट खेल्ने भएका हुन् । खेल चैत्र १ गते बिहान ९ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता कोहलपुर-११ स्थित कोहलपुर क्रिकेट रंगशालामा फागुन २८ गतेदेखि चैत्र २ गतेसम्म सञ्चालन हुनेछ ।

Nabintech