काठमाडौँ – प्रतिनिधि सभाको निर्वाचनअघि बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्रीका रुपमा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक गरेर यसबारे निर्णय गर्ने भएको छ । हिजो शनिबार बस्ने भनिएको बैठक आज बिहान १० बजेलाई सरेको हो ।
बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा केन्द्रित हुने बताइएको छ ।
समानुपातिकतर्फ पार्टीले ५७ सिट पाएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको १ सय ८२ सिट अर्थात् झण्डै दुई तिहाइको छेउमा हुनेछ । आजै बैठकपछि रास्वपाले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसद्को सूची बुझाउने बताइएको छ ।











