१६ चैत्र २०८२, सोमबार
एघार महिनामा मुलुकभर झण्डै ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु, आधा घटना आगलागीका

  • टाइम्स संवाददाता

  • १ चैत्र २०८२, आईतवार ०८:१०

काठमाडौँ – वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७ सय ९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८ सय १४ घाइते भएका छन् ।

विपदका कारण १२ हजार ४ सय ५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार यो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३ सय ३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

यो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् ।

त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।

Nabintech