१८ चैत्र २०८२, बुधबार
समानुपातिक सांसद टुंगो लगाउँदै कांग्रेस, दिउँसो १ बजे बैठक आह्वान

  • टाइम्स संवाददाता

  • १ चैत्र २०८२, आईतवार ०८:१२

काठमाडौँ – प्रतिनिधि सभामा नेपाली कांग्रेसले पाउने सदस्यहरुको संख्या निर्धारण भएपछि टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आह्वान गरेको छ ।

बैठक दिउँसो १ बजे ललितपुर रहेको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट दलले प्राप्त गरेको २० सिटमा सदस्यहरूको नाम छनोटमा बैठक केन्द्रित हुने बताइएको छ । कांग्रेसले प्रत्यक्षमा भने १८ सिट मात्र जितेको छ ।

Nabintech