नेपालगन्ज : हिमाली क्षेत्रका जडिबुटिहरुको संरक्षण र दिगो ब्यापार जडिबुटिहरुको पहिचाहन , नेपालको हिमाली क्षेत्रमा जडिबुटिहरुको अबस्थाको बारेमा गरिएको सो्रत सर्बेक्षणको बारेमा सरोकारवालाहरुवीच छलफल नेपालगन्जमा सम्पन्न भएको छ ।
एन्साब नेपालको आयोजनामा कर्णाली र लुम्विनी प्रदेशका वन मन्त्रालका सचिब डिभिजन वन कार्यालय वन निर्देशनालयका कर्मचारी लाई एन्साबका जडिबुटि बिज्ञ डाक्टर दिपेश प्याकुरेलले बिश्वबजारमा ११ प्रकारका जडिबुटिहरुको संरक्षण , सम्र्बधन र ब्यापारको अबस्था र निर्यात बाट हुने आर्थिक अबस्थाको बारेमा जानकारी दिनु भएको थियो । हिमाली जडिबुटिहरुको संरक्षणर दिगो ब्यापार र नियमक निकायहरुको लागी साइटिस ,एन डिफ र राष्ट्रिय स्तरको जडिबुटिको सा्रेत सर्बेक्षण नेपालमा यसरी पहिलो पटक गरिएको हो।
नेपालका २८ वटा हिमाली जिल्लाहरुमा सो्रत सर्वेक्षण गरिएको हो । बिभिन्न प्रबिधिहरुको प्रयोग गरेर नेपालको जडिबुटिको तत्थाङक संकलनको लागी यसले ठुलो योग्दान पुराउने कर्णाली प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिब अजित कुमार कर्णले जानकारी दिनुभएको थियो । संकटपन्न वन्यजन्तु तथा वनस्पति प्रजातीको अन्तराष्ट्रिय ब्यापार महासन्धीकोबारेमा कर्णाली प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिब अजित कुमार कर्णले कार्यक्रममा जानकारी दिनु भएको थियो ।


३००० हजार मिटर उच्चाइ भन्दा माथिको वन क्षेत्रमा पाइने जडिबुटिहरुको सो्रत संरक्षणलाई प्राथमिकता दिएको थियो । ११७२ वटा पलटमा २३९ वटा सर्बे गरिएको र बाँकी काम पनि निरन्तर गर्ने आयोजक सस्थाले जनाएको थियो । लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयक सचिब प्रमोद भट्टराईले यो सो्रत सर्बेक्षणले नेपालको जडिबुटिको बास्तकि डाटा आउने र अन्तराष्ट्रिय बजारमा हामीले सहजरुपमा ब्यापार प्रर्बधन गर्दै देशको आर्थिक अबस्था मजबुत बनाउन पनि यसको महत्वपुर्ण भुमिका हुने बताउनु भएको थियो ।
बिश्व बजारमा जटमसीको माग बढदै गएको छ । पाँचऔले ,सुगन्धवाल गुच्ची च्याउ अतिस वन लसुन लगायतलाई संरक्षण सुचिमा राखिएको छ । नेपालबाट ८० प्रतिशत जडिबटि भारत र चिनमा निर्यात हुदै आएको छ ।











