१८ चैत्र २०८२, बुधबार
बैजनाथका ३६ जना बडघर र चौकीदारलाई साईकल वितरण

  • टाइम्स संवाददाता

  • १० चैत्र २०८२, मंगलवार ०५:१९

बैजनाथ  गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२र०८३ को वार्षिक बजेटमार्फत थारु समुदायका बड्घर र चौकीदारलाई साईकल वितरण गरेको छ। गाउँपालिका कार्यालय परिसर रामपुरमा सोमबार औपचारिक रुपमा साईकल हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्म गठित ३६ वटा टोलमा थारु समुदायका बड्घर र चौकीदारलाई ३६ वटा साईकल वितरण गरिएको अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बड्घर र चौकीदारलाई हिडडुल गर्न सहजताका लागि साईकल वितरण गरिएको हो ।

थारु समुदायमा बडघर र चौकीदारले गाउँ–समाजका विवाद मिलाउने प्रचलन रहेको छ । थारु समुदाय मिलेर हरेक वर्षको माघीमा बडघर र चौकीदार छनोट गर्ने प्रचलन छ । गाउँपालिकाले साईकल वितरण गरेपछि आफुहरुलाई धेरै राहत मिलेको बैजनाथका बडघरहरुले बताएका छन्।

साईकल हस्तान्तरणका क्रममा गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, वडा ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, अन्य जनप्रतिनिधि, गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, अन्य कर्मचारी, थारु समुदायका अगुवा, बडघर तथा चौकीदार लगायतको उपस्थिती रहेको थियो ।

Nabintech