२० चैत्र २०८२, शुक्रबार
देउवा पक्षले डाक्यो चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक

  • टाइम्स संवाददाता

  • १६ चैत्र २०८२, सोमबार ११:०३

काठमाडौँ – नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक काठमाडौँमा आह्वान भएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले बैठक डाकेको हो । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँमा दुई दिने बैठक आह्वान गरेका हुन् ।

कार्यवाहक सभापति खड्का निकटका नेताका अनुसार आज चैत १६ गते चैत १६ नवनिर्वाचित सांसदहरूलाई बधाई एवम् छलफलका रुपमा कार्यक्रम शुरु गरेर केन्द्रीय समितिको बैठकको छलफलको तयारी गरिएको हो ।

ती नेताका अनुसार, चैत १७ र १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक डाकिएको छ । यस्तै, चैत १९ पार्टीका जिल्ला सभापतिहरुसँग छलफल तय भएको छ ।

Nabintech