२२ चैत्र २०८२, आईतवार
सभामुख अर्यालको शपथ ग्रहण आजै

  • टाइम्स संवाददाता

  • २२ चैत्र २०८२, आईतवार १२:२२

सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

अबदेखि अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।

Nabintech