बर्दिया : बर्दियामा एक वयष्क भाले पाटेबाघ मृत अवस्थामा फेला परे्को छ । मधुवन नगरपालिका वडा नं १ स्थित सोमलपुर सामुदायीक वन र भुलनी समाुदायीक वनको सीमाना ओराही खोलाको किनारमा बाघ मृत अवस्थामा फेला परेको हो । आज विहान स्थानीयहरु काम गर्न जानेवेला मृत बाघ देखे पछि मधुवन नगरपालिका वडा नं १ का वडा अध्यक्षलाई जानकारी गराए पछि बाघ मरेको जानकारी भएको हो । बाघको घाँटिमा फलामको तार देखिएको हुँदा पासोमा परि बाघ मरेको हुन सक्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जानकारी दिएका छन् । बर्दिया जिल्ला पाटेबाघको लागि परिचित जिल्ला हो । पछिल्लो समय वन्य जन्तु र मानव विचको द्धन्दका कारण संरक्षणमा भने चुनौती थपिन थालेको छ । सन २०२२ को बाघ गणना अनुसार बर्दियामा पाटेबाघको संख्या १सय२५ रहेको बर्दिया राष््िरय निकुञ्जको तथ्याङ्क रहेको छ । २०२६ को बाघ गणनाको परिणाम भने अझै आएको छैन २६को गणनामा पनि बर्दियामा पाटेबाघको संख्या बढ्न सक्ने अनुमान प्रकृति संरक्षण कोष बर्दियाले अनुमान गरेको छ । मृत बाघको अनुसन्धान भईरहेको छ ।









