१८ बैशाख २०८१, मंगलवार
दूरविनबाट पित्तथैलीको सफल शल्यक्रिया नेपालगञ्जमा

  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०७८, सोमबार १७:३८

नेपालगञ्ज : नेपालगन्जमा पहिलो पटक दूरविन प्रविधिबाट पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । यसअघि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा मात्र हुँदैआएको सो शल्यक्रिया नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पतालले पहिलो पटक सफल शल्यक्रिया गरेको हो ।

नेपालगञ्जका अन्य अस्पतालमा पित्तथैलीको शल्यक्रिया दूरविन प्रविधिबाट नगरिँंदा यो प्रविधिबाट शल्यक्रिया गर्न विरामीले कोहलपुर वा भारतको लखनउ जानुपथ्र्यो । अब नेपालगञ्जको निजी अस्पताल कान्ति आरोग्य अस्पतालले पनि सो शल्यक्रिया शुरु गरेकाले आफ्नै सहरमा विरामीले राम्रो उपचार पाउने कान्ती आरोग्य अस्पतालका प्रमुख कार्यकारी सन्दीप अग्रवालले बताए ।

लम्कीचुहा नगरपालिका कैलालीका पार्वती सुनार र जानकी गाउँपालिका–५ बाँकेका राधिका यादवको दुरविन प्रविधिबाट सफल शल्यक्रिया गरेर शल्यक्रियाको शुरुवात गरिएको जनाउँदै शल्यक्रिया सफल भएको अग्रवालले बताए।

सो शल्यक्रिया गर्ने जनरल सर्जन डा. विजय उपाध्यायले दूरविन प्रविधिबाट अप्रेशन गर्दा बिरामीले लामो समय अस्पतालमा बस्न नपर्ने, घाउ पाक्ने डर नहुने र अप्रेशन पनि सस्तो पर्ने हुँदा यसको माग धेरै बढेको उहाँको भनाई छ । यो प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया पनि गरिने हुँदा एपेन्डिक्सका विरामीले पनि सहज उपचार पाउने आशा व्यक्त गरे।

नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पतालले बालरोग, जनरल फिजिसियन, जनरल सर्जरी, हाडजोेर्नी, स्त्रीरोग, चर्मरोग, न्यूरो र इएनटी।लगायतका स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख कार्यकारी अग्रवालले जानकार िदिए। पारिवारिक वातावरणमा सुलभ शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गरिरहेको जनाउँदै उहाँले विरामीको संख्या पनि दिनदिनै बढ्दै गएको बताए ।

Nabintech