१८ बैशाख २०८१, मंगलवार
बुधवार साँझ नेपालगञ्जमा कमेडियन सो हुने

  • टाइम्स संवाददाता

  • ३० चैत्र २०७८, बुधबार १८:२७

नेपालगञ्ज : नेपालगञ्जमा कमेडियन सो हुन लागेको छ । नयाँ बर्ष २०७९ को अवसरमा स्वागतका लागि कमेडिन सो गर्न लागेको आयोजक संस्था ड्रिन एभेन्टोका मोहम्मद रफिले बताए । कमेडियन सो बुधवार साँझा ६ बजेबाट ९ बजेसम्म नेपालगञ्जको डिएसपी रोडमा रहेको मजेष्टिक पार्टी प्यालेसमा हुने रफिले बताए ।

कार्यक्रममा हस्यव्यंग्य कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । हस्यव्यंग्य कलाकार साजन श्रेष्ठ, सिता न्यौपाने, लेखमणि त्रिताल लगायतका कलाकारहरुको प्रस्तुुति रहनेछ ।

२०७८ साललाई बिदाई गर्दै नयाँ बर्ष २०७९ लाई स्वागत स्वा?प हाँसोको मज्जा लिन सकिने आयोजकले जनाएको छ । कलाकारहरुले आफनो कला मार्फत नेपालगन्जको परिस्थितिलाई अवगत गराउदै आफनो प्रस्तुति देखाउनेछन् । दर्शकहरुले कलाकारको प्रस्तुतिबाट हाँसोको भरपुर मज्जा लिन सकिने आयोजकले पत्रकार सम्मेलन गरि जनाएको छ ।

Nabintech