२३ बैशाख २०८१, आईतवार
एसीसी महिला च्याम्पियनसिप : नेपालको उत्कृष्ट बलिङ

  • टाइम्स संवाददाता

  • ६ असार २०७९, सोमबार ११:०८

काठमाडौं :  एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसीप क्रिकेट नेपाल र बहराइनबीचको खेल जारी छ। मलेसियाको किनारा ओभलमा टस जितेर नेपालले बलिङ गरिरहेको छ।

वर्षाले खेल प्रभावित हुँदा २ घण्टा ढिलो खेल सुरु भएको छ। नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ। बहराइनले ताजा अवस्थामा ५ विकेट गुमाएर ७ रन बनाएको छ। नेपालका लागि कविता कुँवरले २ तथा अस्मिना कर्माचार्यले २ विकेट लिएकी छन्। यस्तै सवनम राईले एक विकेट लिइन्।

यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रिएको छ। आजको खेलमा जित निकाले एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ।

समूह बी को नेपाल २ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा छ। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो।

नेपालले अन्तिम खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। १० टोली सहभागी रहेको च्याम्पियनसिपमा फाइनलमा पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा स्थान बनाउने छन्।

Nabintech