२७ पुष २०८१, शनिबार
बर्डफ्लु पुष्टि भएपछि सुर्खेतमा एक हजार पक्षी नष्ट

  • टाइम्स संवाददाता

  • १० असार २०७९, शुक्रबार १०:०५

कर्णाली : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो ।

सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको पशुपक्षी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो । टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो ।

टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो ।  प्रशासनको निर्देशनपश्चात् पशुपक्षी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका पक्षी नष्ट गरिएको थियो ।

डिस्पोजल टोलीले बर्डफ्लु फैलिएको फर्ममा साना ठुला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा डिस्पोज गरेको निर्देशनालयले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो । रासस

Nabintech