१८ बैशाख २०८१, मंगलवार
चितवनमा अभिलाषीको एकल कविता वाचन

  • टाइम्स संवाददाता

  • ३२ असार २०७९, शनिबार १६:१७

भरतपुर: कवि नवीन अभिलाषीले कविले देश, काल , परिस्थितिको राजनीति गर्न नहुने बताएका छन् । तर एउटा कविले समग्र राजनीति भने बुझ्नु जरुरी छ´, कवि अभिलाषीले भने- `कवितामा विचार लेख्नुपर्छ, कवितामा कला लेख्नुपर्छ । राजनीति बुझेको कविले कवितालाई सुन्दर ढंगले सजाउन सक्छ । एकल कविता वाचन कार्यक्रममा दाङबाट चितवन आएका कवि अभिलाषीले शनिबार बिहान आकाश पौडेलसँग कुराकानी गर्दै कविता लेखनका सुरुवाती अवस्था सम्झिए ।

स्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका अभिलाषीले पहिलोपटक कविता छापिएर आउँदा अपार खुसी लागेको बताए । कार्यक्रममा कवि अभिलाषीको हालै प्रकाशित कवितासङ्ग्रह `मौलामा बाँधिएको राँगो´माथि पनि छलफल गरिएको थियो । छलफल लगत्तै कवि अभिलाषीले सोही सङ्ग्रहबाट कविताहरू सुनाए । शून्यको सुरुवात, बाको पुरानो चप्पल, मलामी, पुनरागमन, बलियो मानिस, संसद, आगोको मान्छे, नभेटिएको चिहानलगायतका कविताहरू उनले सुनाए ।

कविले कविता वाचनका क्रममा कविताको रचना गर्भ पनि सुनाएका थिए । उनके शीर्ष कविता `मौलामा बाँधिएको राँगो´ सुनाएर कविता वाचनको शृङ्खलालाई बिट मारेका थिए । चितवनका सिर्जनशील युवाहरूको संस्था लेट्स टकको ५७ औं शृङ्खला अन्तर्गत यो कार्यक्रम आयोजना भएको हो ।

Nabintech