१८ बैशाख २०८१, मंगलवार
रूख ढल्दा बस र स्कुटर किचिए,तीनको मृत्यु १५ घाइते

लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो


  • टाइम्स संवाददाता

  • ८ श्रावण २०७९, आईतवार १४:२३

भक्तपुर : भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा तीन जनाको ज्यान गएको छ । अन्य १५ जना घाइते भएका छन् ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटर च्यापिँदा भक्तपुर वडा नम्बर २ बस्ने २५ वर्षका विशेष खर्बुजासहित तीन जनाको ज्यान गएको हो । ज्यान गुमाएका बाँकी दुई जनाको परिचय खुल्न सकेको छैन ।

काठमाण्डाैबाट भक्तपुरका लागि छुटेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरकाे स्कुटरलाई सल्लाको रुख ढलेर लागेको हो । घाइतेहरूको भक्तपुरकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

अहिले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको उद्धार टोली पुगेर प्रारम्भिक अनुसन्धान गर्नुका साथै  ढलेको रुख र च्यापिएको सवारीसाधन हटाउने काम भइरहेको छ ।

Nabintech